नयाँ दिल्ली– भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

‘भारतमा एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक हो,’ एक सरकारी उच्च अधिकारीले बताए ।

उनीहरुका अनुसार पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी सोही अवधिमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १५० पुगेको सरकारी तंथ्याकले देखाएको छ ।

त्यसैगरी, कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या भने १८ लाख एक हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा एक लाख ३८ हजार ४२३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या एक करोड २८ लाख नौ हजार ६४३ पुगेको छ ।

भारतमा शनिबार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ ।

अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।

भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् ।

रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय