काठमाडौं– सरकारले कोरोना महामारीको दोस्रो लहरको क्षति कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने तयारी गरेको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामका लागि नयाँ मापदण्ड समेटिएको विस्तृत आदेश जारी गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिएका छन् ।

उनका अनुसार भीडभाड हुने क्षेत्रहरूमा कडाइ गर्ने तयारी छ । विद्यालय, रंगशाला, सार्वजनिक यातायात, रेस्टुरेन्टलगायतमा भीड हुन नदिने गरी व्यवस्थापन गर्ने मन्त्री त्रिपाठीले बताए ।

विस्तृत आदेशमा संघ, प्रदेश र स्थानीय तह, समाज र समुदाय तथा व्यक्तिका भूमिका र जिम्मेवारी उल्लेख गरिँदै छ । सरकारले विद्यालयको पठनपाठनलाई अनलाइनबाट निरन्तरता दिने निर्णय गरेको छ ।

सार्वजनिक यातायातमा भीड कम गराउने उपाय लागू गरिने बताइएको छ । विस्तृत आदेश आजैबाट लागू हुने मन्त्री त्रिपाठीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय