
काठमाडौं– सोमबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य तोलाको ९१ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ३ सयले बढेर सुन तोलाको ९१ हजार पुगेको हो । आइतबार सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भइरहेको थियो ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन तोलाको ९० हजार २०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य सोमबार पनि यथावत रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।