कर्णाली– प्रदेशमा चैते दसैंका अवसरमा सार्वजनिक बिदा हुने भएको छ । चैते शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो ।

कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेश सरकारको गत वर्ष जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदाको सूचना गरिएको बताए ।

पौडेलका अनुसार प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय