काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको ३६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथि र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको विशिष्ट अतिथिको रुपमा सहभागी भएको संघले जनाएको छ ।

उक्त साधारणसभाले, संघियताको मर्मअनुरुप संघको संगठनात्मक संरचना तथा महिला समावेशीकरण सुनिश्चित गर्दै सर्वसम्मत रुपमा विधान संशोधन पारित गरेको छ ।

साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले संघको भवन निर्माणका लागि सहयोग गर्ने र चार्टर्ड एकाउन्टेन्ट्स उपाधि प्राप्त विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गर्ने सम्बन्धमा रहेका द्विविधाहरुको छिटो समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र ५० वर्र्षभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स पेसामा योगदान पुर्याएबापत सिए टिआर उपाध्यायलाई सम्मान गरिएको थियो । गभर्नर अधिकारी पनि सिए हुन् ।

कार्यक्रमका विशिष्ट अतिथि, नेपाल राष्ट्र बैंकका गर्भनर तथा संघका पूर्वमहासचिव सिए महाप्रसाद अधिकारीले आर्थिक रुपान्तरणका लागि सिएहरुको योगदान अतुलनीय रहने बताए । साथै उनले नेपाल राष्ट्र बैंकमा समेत सिएहरुको कार्यसम्पादन क्षमता तथा माग उच्च रहेको बताए ।

उक्त कार्यक्रममा आइक्यान अध्यक्ष मदनकृष्ण शर्मा, महालेखापरीक्षक टंकमणि शर्मा, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट्स टिआर उपाध्याय लगायतले एक्यानको गतिविधि सम्बन्धमा आफ्नो विचार राखेका थिए ।

आनन्द शर्माले अध्यक्षता गरेको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन सिभिरा लामा रुइत र बन्दसत्रको सञ्चालन तेजप्रसाद सुवेदीले गरेको विज्ञप्तिमा उल्लेख छ । रमेश धितालले सहभागीलाई धन्यवादसहित कार्यक्रम समापन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय