काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता तथा समाजसेवी हेमराज भट्टलाई मातृशोक परेको छ । उनकी आमा लीलाकुमारी भट्टको मंगलबार बिहान २ः२५ बजे काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।

दमको व्यथाले च्यापेपछि ६९ वर्षीय लीलाकुमारीलाई १८ दिनअघि ग्रिनसिटी भर्ना गरिएको थियो । एक हप्तादेखि उनलाई भेन्टिलेटरमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय भट्टका श्रीमान चार छोरा र एक छोरी छन् । उनका जेठा छोरा खेमराज भट्टको भने यसअघि नै निधन भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय