काठमाडौं– सिटिजन्स बैंक लिमिटेडले नाफामा छलाङ मारेको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंक प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (२०७७ चैत मसान्त)सम्मको वित्तीय विवरण अनुसार उसको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१.६६ प्रतिशतले बढेको छ ।

बैंकले गत साउनदेखि चैतसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । उक्त अवधिको वितरणयोग्य मुनाफा नै १ अर्ब ३४ करोड रुपैयाँ रहको बैंकको वित्तीय विवरणले देखाउँछ । उक्त अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ९७ करोड रुपैयाँ थियो । त्यसमा कर लगायत अन्य व्यवस्थाका लागि रकम छुट्याएपछि १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा कायम हुन आएको हो ।

गत चैतसम्ममा बैंकको निक्षेप १ खर्ब २७ अर्ब पुगेको छ भने कर्जा तथा सापटी १ खर्ब ८ अर्ब पुगेको छ । सो अवधिमा बैंकले २ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय विवरणमा देखिन्छ ।

११ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको तेस्रो त्रैमाससम्मको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७२ पैसा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय