काठमाडौं– नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै कसैसँग कतारी रियाल भए सो अवधिभित्रै सटही गरिसक्न भनेको छ । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ ।

कतारको केन्द्रीय बैंकले आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ । सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो ।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर