काठमाडौं– भारतमा कोरोना भाइरसको दोस्रो लहर दिन प्रतिदिन घातक बन्दै गएको छ । दैनिक संक्रमण दर र मृत्यु दरमा कीर्तिमान बन्दै जान थालेको छ ।

वर्ल्डोमिटरको तथ्यांक अनुसार भारतभर पछिल्लो २४ घन्टामा २०२० जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट दुई हजारभन्दा बढी मृत्यु भएको यो पहिलो घटना हो । यसका साथै सक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

भारतभर पछिल्लो २४ घन्टामा दुई लाख ९४ हजार ११५ संक्रमित फेला परेका छन् । यो पनि एक दिनमा भेटिएको सर्वाधिक संक्रमित संख्या हो ।

हालसम्म एक लाख ८२ हजार ५७० संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको संख्या एक करोड ५६ लाख ९ हजारभन्दा बढी रहेको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या २१ लाख ५० हजार ११९ पुगेको छ ।

भारतमा पछिल्लो ११ दिनमा दैनिक संक्रमणमा नयाँ रेकर्ड बनाउँदै गएको छ । ९ अप्रिलमा एक दिनमा १.३१ लाख संक्रमित भेटिएको थियो भने २० अप्रिलमा २.७३ लाख पुग्यो । भारतका धेरै राज्यले आंशिक या पूर्ण लकडाउनको घोषणा गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय