नयाँ दिल्ली– भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले दिएका जानकारी अनुसार संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ संक्रमणको दरमा नयाँ रेकर्ड देखिएको छ ।

शुक्रबार बिहान सार्वजनिक गरिएको एक तथ्यांकमा पछिल्लो २४ घन्टामा थप ३ लाख ३२ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो संख्या भारतमा एकै दिन देखिएको हालसम्मकै उच्च हो ।

त्यसैगरी भारतमा पछिल्लो २४ घन्टा यता दुई हजार २६३ जनाको मृत्यु भएको छ । यसरी कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्यु सबैभन्दा बढी हो ।

भारतमा अहिलेसम्ममा एक करोड ६२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । भारइस संक्रमणबाट भारतभर हालसम्म एक लाख ८६ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

कोरोना माहामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो हालसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय