काठमाडौं– आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन तोलामा ९१ हजार ३०० मा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो ।

महासंघको तथ्यांक अनुसार तेजाबी सुन तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलामा ९१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ३२० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय