काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३२ कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा राजधानी उपत्यकामा १४ सय ९८ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्रै ११ सय ३२ जना थपिएका छन् ।
मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा ९ हजार २ सय ९२ नमूना परीक्षण गर्दा ३ हजार ३२ नमूनामा कोरोना पोजेटिभ पाइएको हो । त्यस्तै, ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।