काठमाडौं– बढ्दो कोरोना संक्रमण रोक्ने उपायबारे आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बीच छलफल भएको छ । मन्त्रिपरिषद्ले कोरोना रोकथामका लागि निषेधाज्ञा लगायत कदम चाल्ने अख्तियारी दिएपछि उनीहरुले छलफल गरेका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले निषेधाज्ञाका विषयमा छलफल गरे पनि के केमा निषेधाज्ञा जारी गर्ने भन्ने निर्णय भएको छैन । देशको राजधानी भएकोले माथिको आशय बुझेर मात्र निषेधाज्ञा जस्तो कठोर निर्णय लिनुपर्नेमा उनीहरुको राय रहेको छ ।

काठमाडौंका सिडिओ काली रिजालका अनुसार आइतबारको बैठकमा निषेधाज्ञा जारी गरेको खण्डमा के के चल्न दिने र के बन्द गर्ने भन्ने विषयमा भने छलफल भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले ५०० संक्रमित भएको उपत्यका र तराईका जिल्लामा सिडिओमार्फत निषेधाज्ञा जारी गर्न क्याबिनेट समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय