काठमाडौं– कोरोना संक्रमण रोक्न राजधानी उपत्यकामा एक दर्जनभन्दा बढी सेवामा रोक लगाउने तयारी गरिएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच यस विषयमा छलफल भएको छ ।

तीन जिल्लाका सिडिओबीच सार्वजनिक सवारी, रात्रिकालीन व्यवसाय, होटल, रेस्टुरेन्टसहित दर्जनभन्दा बढी क्षेत्रमा रोक लगाउने विषयमा छलफल भएको छ । तीनै जिल्लाका सिडिओले छलफल गरेपछि निषेधको मोडालिटीबारे गृहमन्त्रालयसँग परामर्श भइरहेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय