नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ५२ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो पाँचौ दिन भएको बताइएको छ ।

सोही अवधिमा दुुई हजार ८१२ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा एक लाख ९५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

भारतमा अहिलेसम्ममा यो संक्रमणबाट एक करोड ७० लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको जनाइएको छ ।

भारतमा हाल २८ लाख १३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ४३ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा मात्र दुई लाख १९ हजार २२७ जना कोरोना मुक्त भएका छन् ।

कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरोधी खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १४ करोड १९ लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय