
काठमाडौं– पूर्वाञ्चल विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ । विश्वविद्यालयले कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सिसिएमसी) को निर्देशन बमोजिम भौतिक उपस्थितमा हुने विश्वविद्यालयको पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन भइरहेका सबै प्रकारका परीक्षाहरु वैशाख १४ देखि स्थगित गरेको जनाएको छ ।
यी परीक्षाहरु अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।