काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले वैशाख १६ देखि लागू हुने गरी एक साताका लागि जारी गरेको निषेधाज्ञा अर्को साता पनि लम्बिने भएको छ ।

सोमबारको मन्त्रिपरिषद्ले पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमित २०० भन्दाद बढी र काठमाडौं तथा मधेशमा ५०० भन्दा बढी भए स्थानीय प्रशासनले १५ दिनसम्मका लागि निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अवस्थाको आकलन गरी १५ दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने अधिकार सोमबारको मन्त्रिपरिषद बैठकले स्थानीय प्रशासनलाई दिएको बताए ।

तर काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले भने वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साताका लागि निषेधाज्ञा जारी गरेका छन् । अब यो निषेधाज्ञा कम्तीमा १५ दिन लम्बिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय