काठमाडौं– मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर हुने यात्रामा सरकारले बुधबारदेखि रोक लगाएको छ ।

अध्यागमन विभागले वैशाख १५ गते राति १२ बजेबाट लागू हुने गरी त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको हो ।

विभागका अनुसार नेपाललाई अन्तिम गन्तव्य बनाएर आउन र नेपालबाट विदेश जान भने रोकतोक छैन । नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुक जान भने रोक लगाइएको छ ।

कतिपय युरोपेली मुलुकले भारत, दुबई लगायत मुलुकबाट आउने यात्रुलाई आफ्नो मुलुकमा प्रवेश निषेध गरेपछि नेपाल आएर कोरोना परीक्षणको रिपोर्ट बनाउने र पुनः बिदेसिने प्रवृत्ति बढेपछि सरकारले यस्तो कदम चालेको हो ।

स्वास्थ्य मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर बाहिरिने यात्रुको पिसिआर परीक्षण गर्न यसअघि नै स्वदेशी प्रयोगशालाहरुलाई रोक लगाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय