काठमाडौं– नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य ७०० ले घटेको छ ।

योसँगैं बुधबार छापावाला सुन प्रतितोला ९० हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा ९१ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन यस दिन तोलामा ९० हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलामा ९० हजार ७०० मा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेको छ । बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३०५ कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय