बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

उनीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव ल्याएका छन् । पोखरेलले नयाँ सरकार गठनको बाटो खोल्न राजीनामा दिएको उनी निकट स्रोतले बतायो ।

मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने दिनमै राजीनामा दिएका छन् । उक्त प्रस्तावमा छलफल हुनुअघि नै उनले पदत्याग गरेका छन् । प्रदेशसभामा आइतबारै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय