काठमाडौं– सरकारले आन्तरिक हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोभिड संक्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रियतर्फ पनि केही उडान रोक्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द हुनेछन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सरकारले बुधबार (वैशाख २२) देखि भारत, ब्राजिल र साउथ अफ्रिका ट्रान्जिट भएर आउने यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने छ ।

निषेधाज्ञामा हवाई यात्रुको भीड बढेकाले अर्काे सूचना नआउन्जेल आन्तरिकतर्फको उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय चार्टर्ड उडानलाई भने अनुमति दिने निर्णय भएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार भारत लगायत तीन देशका यात्रु नेपालमा रोक लगाए पनि मध्यपूर्वका देश र टर्कीबाट नेपाल आउने बाटो खुला छ । दुबई, सारजहा, अबुधावी, साउदी अरेबिया, कुवेत, जापान, कोरिया, चीन मलेसियाका यात्रु भने तोकिएको मापदण्ड अनुसार नेपाल आउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय