काठमाडौं– पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको छिमेकी भारतमा नयाँ संक्रमित थपिने दर क्रमशः घट्दै गएको छ । मंगलबार भारतमा तीन लाख ५५ हजार ९९८ नयाँ संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा झण्डै १३ हजारले कम हो ।

सोमबार त्यहाँ ३ लाख ६८ हजार नयाँ संक्रमित थपिएका थिए । ४ लाख नाघेको नयाँ संक्रमित थपिने दरमा मंगलबार लगातार तेस्रो दिन कमी आएको हो । शनिबार त्यहाँ ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । आइतबार २ लाख ९२ हजार थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मंगलबार ३ लाख ५५ हजार संक्रमित थपिँदा कुल संक्रमितको संख्या २ करोड २ लाख पुगेको छ । पछिल्लो २४ घन्टामा ३ लाख २० हजार २८९ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा ३ हजार ४४९ जना कोरोना संक्रमितको निधन भएको छ । मृतक संख्या भने अघिल्लो दिनको तुलनामा केही बढी हो । त्यहाँ सोमबार ३ हजार ४१७ जनाको निधन भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय