काठमाडौं– नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य तोलामा तीन सयले सस्तिएको छ । मंगलबार ९० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि महासंघले तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८०० तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय मा कारोबार भएको थियो ।

यस्तै बुधबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक हजार ३२५ मा कारोबार भएको चाँदी बुधबार एक हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय