काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि बेड चाहिएमा टोल फ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी कोरोना संक्रमित बिरामीका लागि बेड चाहिएमा वा अस्पताल जान परेमा ती टोल फ्री र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह गरेको हो ।

संक्रमणको दोस्रो लहरले बिरामी बढ्न थालेपछि अहिले देशभरि अस्पतालमा बेडको अभाव छ । बुधबार मात्र आठ हजार ६५९ जना संक्रमित थपिएका छन् ।

ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घन्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय