काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान उपाध्यक्ष एवं ललितपुर सुनचाँदी व्यवसायी संघका संस्थापक अध्यक्ष ज्ञानुराज शाक्यकको निधन भएको छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा उनको निधन भएको महासंघले जनाएको छ । उनी केही महिनायता मिर्गौला लगायत समस्याबाट पीडित थिए । उपचारका क्रममा शुक्रबार विहान करिब चार बजे उनको निधन भएको महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिएका छन् ।

शाक्यको निधनले नेपालको सुनचाँदी व्यवसायको क्षेत्रमा अपूरणीय क्षति पुगेको शाहले बताए । स्वर्गीय शाक्यले सुनचाँदी व्यवसायी महासंघको विभिन्न पदमा रही लामो समय काम गरेका थिए । स्वर्गीय शाक्यका श्रीमती र एक छोरा छन् । पारिवारिक परम्परा अनुसार शुक्रबारै स्वर्गीय दाहसंकार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच, नेपाल सुनचाँदी व्यवसायी महासंघका कर्मचारी सुनिल श्रेष्ठको पनि निधन भएको छ । विगत केही समययता स्वास्थ्य लाभ गरिरहनुभएका श्रेष्ठको बुधबार साँझ आफ्नै निवास भक्तपुरमा निधन भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय