काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार १९६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पिसिआर र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

सोही अवधिमा २ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । थपिने संक्रमितको संख्या उच्च र निको हुने दर कम हुँदा संक्रमणमुक्त हुने दर ७८.२ प्रतिशतमा ओर्लेको छ ।

पछिल्लो २४ घन्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । मृतकसंख्या ३५ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ संक्रमित थपिएका छन् । हाल २२ जिल्लामा ५ सयभन्दा बढी र २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित छन् । मुलुकमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ छ ।

संक्रमितमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० संस्थागत आइसोलेसनमा, ७२८ जना आइसियूमा तथा २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय