मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुतनिक–भी कोभिड–१९ संक्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दाबी गरेका छन् । उनले स्पुतनिक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलास्निकोभ राइफल जत्तिकै भरपर्दो’ भनी प्रशंसा गरेका छन् ।

उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बिहीबार बोल्दै उनले खोपबारे उक्त भनाइ राखेका हुन् । उक्त खोप नेपाल ल्याउन कूटनीतिक पहल भइरहको सरकारले जनाएको ।

प्रधानमन्त्रीको कार्यालयले शुक्रबार साँझ जारी गरकेो विज्ञप्तिमा उक्त खोपलाई नेपालमा प्रयोग अनुमति दिन विस्तृत जानकारी माग गरिएको उल्लेख छ ।

रूसी स्वास्थ्य अधिकारीहरूले बिहीबार रुसमा निर्मित स्पुतनिक लाइट (स्पुतनिक–भी) कोभिड–१९ विरुद्धको खोपको एक मात्रा मात्रै लगाए पुग्ने संस्करण दर्ता गरेका बेला त्यस्तो टिप्पणी आएको हो । विश्वमा निर्मित अन्य खोपको दुई मात्रा लगाउनु पर्ने भए पनि स्पुतनिकको एकै मात्राले कोभिड–१९ उपचारमा निकै सफलता पाएको बताइएको छ ।

स्पुतनिक–भी खोप अक्सफर्ड र अस्ट्राजेनेका तथा जनसन एन्ड जनसनले तयार पारेका खोप बराबर नै प्रभावकारी रहेको रूसको दाबी छ ।

त्यसमा कोल्ड–टाइप भनिने निष्क्रिय तुल्याइएको भाइरसको प्रयोग हुन्छ जुन भाइरसले कोरोनाभाइरसको सूक्ष्म अंश मानिसको शरीरमा प्रवेश गराउने बाहकको रूपका काम गर्छ ।

रूसले स्पुतनिक लाइटलाई उक्त खोपको दुई मात्रा लगाउनुपर्ने प्रकारले हाल संसारका एक दर्जन जति देशमा आपत्कालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । स्पुतनिक लाइट भनिएको खोपको एक मात्रा मात्रै लगाए पुग्ने प्रकारको प्रयोगलाई रुसमा बिहीबार औपचारिक अनुमित दिइएको थियो ।

एउटा प्रेस विज्ञप्तिमा स्पुतनिक खोपसम्बद्ध अधिकारीले बताए, ‘स्पुतनिक लाइट खोपको देशमा गरिएको परीक्षणका क्रममा ७९.४% प्रभावकारिता देखिएको छ,’ एक मात्रा मात्रै लगाए पुग्ने खोपको यो प्रकारले छोटो समयमा जनसंख्याको ठूलो हिस्सालाई खोप लगाउन सकिन्छ र यसबाट जटिल चरणमा प्रवेश गरेको महामारीविरुद्ध लड्न सघाउ पुग्नेछ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय