काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २२५ जना कोरोना संक्रमितको निधन भएको र ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सेनाले व्यवस्थापन गरेका शवसहित पछिल्लो २४ घन्टामा २२५ मृतक थपिएका हुन् । एकै दिन यति धेरै संक्रमितको निधन भएको यो पहिलो घटना हो । अब नेपालमा निधन हुने कोरोना संक्रमितको संख्या ४ हजार ८४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ३१६ जनाको नमूना परीक्षण गर्दा नौ हजार ४८३ नमुनामा पोजेटिभ देखिएको हो । यस अवधिमा ५ हजार २२५ संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि हालसम्मकै उच्च हो ।
हालसम्म नेपालमा ३ लाख १२ हजार १९ संक्रमणमुक्त भएका छन् । मंगलबार देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।