काठमाडौं– पछिल्लो २४ घन्टामा नेपालमा ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारका नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार यस अवधिमा काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । १९ हजार पाँच सय ३९ पिसिआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना पुगेको छ ।

अघिल्ला दिनहरुको तुलनामा संक्रमण दर केही घटेको देखिएको छ । पछिल्लो २४ घन्टामा कुल पिसिआर परीक्षणको ३७.४४ प्रतिशत नमुनामा पोजेटिभ रिपोर्ट आएको छ । केही दिनयता कुल नमुनाको ४० प्रतिशत भन्दा बढीमा पोजेटिभ रिपोर्ट आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय