काठमाडौं– धितोपत्र बोर्डले थप पाँचवटा संस्थागत लगानीकर्तालाई स्वीकृति दिएको छ । बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या बढाउने क्रममा यो स्वीकृति दिएको बोर्डले जनाएको छ ।

बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै सिबिआइएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभभलपमेन्ट लिमिटेड र कुमारी इक्विटी फन्डलाई संस्थागत लगानीकर्ताको स्वीकृति दिएको जनाएको छ ।

योसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ । बोर्डले यसअघि ८३ संस्थागत लगानीकर्तालाई स्वीकृति दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय