काठमाडौं– सेयर कारोबारको तथ्यांकीय मापक नेप्सेले आइतबार उच्च बिन्दुको पुरानो कीर्तिमान भंग गरेको छ । यस दिन नेप्से ५४.२६ बिन्दुले बढेर २७३८.३५ मा पुगेको हो । यो अहिलेसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से २७३५ बिन्दुसम्म पुगेको थियो ।

आइतबार १० अर्ब ४० करोड ३८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन आठ कम्पनीका सेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

रुरु जलविद्युत्, शिखर इन्स्योरेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोसी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ता यस दिन बढी कमाउनेमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय