काठमाडौं– देशका अधिकांश जिल्लामा आह्वान गरिएको निषेधाज्ञाका कारण व्यावसायिक गतिविधि ठप्प छ । कोभिड संक्रमणको जोखिम कम गर्न लगाइएको निषेधाज्ञाले गर्दा लगानीकर्ता आफूसँग भएको रकम नगद होल्ड गर्न बाध्य भएको परिवेशमा लगानी सुनिश्चित गर्न एनएमबि बैंकले ऋणपत्र (डिबेन्चर) खुला गरेको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्राप्त हुने दुई अर्ब बराबरको १० वर्षे अवधिको ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ आइतबारदेखि बिक्री सुरु गरेको हो ।

प्रतिकित्ता एक हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ–संस्थालाई र आठ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले जनाएको छ । सर्वसाधारणका लागि छुट्ट्याएको आठ लाखमध्ये पाँच प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सात लाख ६० हजार कित्ता सार्वजनिक जारी गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । ऋणपत्र खरिदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।

अंकित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम आठ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिने छ । यसमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ । बाँकी ८० करोडको ऋणपत्रमध्ये चार करोडको सामूहिक लगानी कोषहरुलाई छुट्ट्याएको छ । बाँकी ऋणपत्र भने सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको उक्त डिबेन्चर विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाबाट खरीदका लागि आवेदन दिन सकिनुको साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय