काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य बढाएको छ ।

निगमले यी सबै इन्धनमा लिटरमा दुई रुपैयाँका दरले मूल्य बढाएको जनाएको छ । नयाँ मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

अब पेट्रोलका लागि १२३ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ण्६ रुपैयाँ पुगको छ । हवाई इन्धनको मूल्य (आन्तरिकतर्फ) प्रतिलिटर ७८ रूपैयाँ पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा १ अर्ब १० करोड रूपैयाँ घाटा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय