काठमाडौं– सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले गत आव ०७६/७७ को नाफाबाट कम्पनीको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय