काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार हुने गैरसरकारी अस्पतालको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सातै प्रदेशका ३० वटा गैरसरकारी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको भन्दै ती अस्पतालहरुको सूची बुधबार सार्वजनिक गरेको हो ।

ती अस्पतालमा बिरामी भर्ना गरेबापत आइसोलेसनको हकमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केसका बिरामीको उपचारका लागि ७ हजार र आइसियू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना दिइने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय