काठमाडौं– आज नेपाल चेम्बर अफ कमर्सले विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सम्बन्धी सामग्री हस्तान्तरण गरेको चेबरले जनाएको छ ।

अस्पतालका तर्फबाट डा. राजेश शाहले उक्त सामाग्री ग्रहण गर्दै चेम्बरबाट विगतमा पनि यस्तै सामग्री प्राप्त भएको स्मरण गरी चेम्बरलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ सामग्री हस्तान्तरण गरे । उक्त अस्पतालको आकस्मिक कक्षको तर्फबाट प्रा.डा. योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए । त्यसैगरी मल्लले राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टर गोंगबुको लागि पनि स्वास् सामग्री उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तिनाथ शाखीलाइ हस्तान्तरण गरे ।

बुधबार हस्तान्तरण गरिएका सामग्रीमा पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल छन । अध्यक्ष मल्लले चेम्बरले केही दिनमा सरकारी अस्पताललाई अक्सिजन सिलिन्डर र कन्सन्टे«टर उपलब्ध गराउने तयारी भइरहेको बताए ।

उक्त अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ तथा कार्यसमिति सदस्य नवराज सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय