काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समिति बैठकले बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका अनिल ज्ञवालीलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।

सुदेश खालिङको राजीनामापछि रिक्त स्वतन्त्र सञ्चालक पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्त्वपूर्ण ओहोदामा रही कार्यकुशलता प्रदर्शन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

सहायक प्रबन्धकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा कार्य सम्पादनका साथै नेपालका दुई ठूला वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको अनुभव छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय