बझाङ– युवा व्यवसायी जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तिनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान सुरु गरेका छन् । सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई खाना वितरण गरिरहेका छन् ।

अस्पतालमा कोरोनाको परीक्षण सुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा तिनका कुरुवाको बिजोग भएको थियो । निषेधाज्ञाका कारण खाना खाने होटल बन्द हुँदा उनीहरु प्रभावित भएका थिए । अहिले एक दिनमा ५० देखि ७० जनासम्मलाई खाना खुवाउने गरिएको छ ।

‘हाम्रो अभियानमा देशविदेशबाट धेरै जना जोडिएर सहयोग गरिरहनुभएको छ । कसैले आर्थिक सहयोग, कसैले खाद्यान्न सहयोग, कसैले ग्यास सिलिन्डरको सहयोग गरिराख्नुभएको छ,’ सिंहले भने । औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय