काठमाडौं– नेपालमै पहिलोपटक निश्चित आम्दानी हुने उपकरणमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भएको दाबी गरिएको एनआसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डको एकाइहरु अनलाइनमार्फत खरिद गर्न सकिने भएको छ ।
एनआइसी एसिया क्यापिटलले बिहीबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको अवस्थामा उक्त योजनाको एकाइ लगानीकर्ताले सहजै रुपमा खरिद गर्न सकून् भनेर अनलाइनबाटै खरिद गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।
अनलाइनमार्फत उक्त डेप्ट फन्ड योजनाको एकाइ खरिद गर्न एनआइसी एसिया क्यापिटलको वेबसाइट http://www.nicasiacapital.com वा सोझै https://nicddf.nicasiacapital.com/ मा क्लिक गरी युनिट पर्चेजभित्र गई रितपूर्वक विवरण भर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ । एकाइ खरिद बापतको रकम भुक्तानी एनआइसी एसिया बैंकको अनलाइन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेटबाट गर्न सकिने बताइएको छ ।