
काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले २७औं वार्षिक उत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा योजना सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकले जेठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट सय रुपैयाँ प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोड लगायत विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू र अरुलाई सुरक्षित राख्न अनुरोध गरेको छ ।