काठमाडौं– आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६०० मा बजारमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १०० कायम गरिएको छ ।

गत शुक्रबार सुन छापावाला सुन तोलाको ९३ हजार ३०० र तेजावी ९२ हजार ८०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य घटेको छ । यस दिन चाँदी तोलाको पाँच रुपैयाँले घटेर एक ३४५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३५० मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय