काठमाडौं– छिमेकी भारतमा कोरोना भाइरसबाट हुने दैनिक संक्रमण १७ दिनको अवधिमा झण्डै आधाले घटेको छ । मृत्यु भने अघिल्ला दिनको तुलनामा बढेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा दुई लाख २० हजार मात्र नयाँ संक्रमित थपिएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा ३ लाख २ हजारभन्दा बढी भारतीयले कोरोना जितेका छन् ।

मे ७ का दिन भारतमा दैनिक संक्रमण बढेर ४ लाख १४ हजार नाघेको थियो । त्यसपछि क्रमशः घट्न थालेको दैनिक संक्रमण अहिले २ लाख २० हजारमा आइपुगेको हो । अघिल्लो दिन आइतबार त्यहाँ २ लाख ४० हजार संक्रमित थपिएका थिए । शनिबार २ लाख ५७ हजार संक्रमित थपिएका थिए ।

मृत्युदर भने बढेको छ । यो २४ घन्टामा त्यहाँ ४ हजार ४५४ संक्रमितको निधन भएको छ । भारतमा पछिल्लो २६ दिनमै एक लाख कोरोना संक्रमितको ज्यान गएको छ । मृत्युको हिसाबले भारत तेस्रो नम्बरमा छ । भारतमा भन्दा बढी ब्राजिलमा ४ लाख ५० हजारले र अमेरिकामा ६ लाखभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड ६७ लाख ५२ लाख नाघेको छ भने २ करोड ३७ लाख २८ हजार संक्रमणमुक्त भएका छन् । मृत्यु संख्या ३ लाख ३ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय