काठमाडौं– नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैठकले १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड रहेको छ भने बोनस वितरणपछि एक अर्ब ५२ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय