काठमाडौं– सोमबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोला १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ७०० र तेजावी ९३ हजार २०० मा कारोकार भइरहेको छ ।

आइतबार छापावाला सुन तोलाको ९३ हजार ६०० र तेजावी ९३ हजार १०० मा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबारको बजारमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय