काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ ।

कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाटै नजिकैको शाखामा अनलाइनमार्फत ग्राहकले सजिलै यस खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

उच्चतम प्रतिफल प्राप्त गर्न सकिने वैभव बचत खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट र मेरो सेयर जस्ता आवश्यक सुविधामा पहिलो वर्षको लागि शतप्रतिशत छुट प्रदान गरिएको बैंकले जनाएको । त्यस्तै उक्त खातामा लकर सुविधामा ५० प्रतिशत छुट दिनुका साथै कनेक्ट आइपिएसको सुविधा पनि रहेको जनाइएको छ ।

बैंकले यस विषम परिस्थितिमा ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोड लगायत विद्युतीय बैंकिङ सेवा प्रयोग गरी कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय