काठमाडौं– राजधानी उपत्यकामा जारी निषेधाज्ञा जेठ २० सम्मका लागि थप गर्ने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

अबको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताए ।

उनका अनुसार सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ । निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गर्ने तयारी छ ।

निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेश अनुसार कारबाही गर्ने सरकारी योजना छ ।

हालै जारी अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा सिर्जना गरे १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले व्यक्तिलाई एक लाख रुपैयाँ र संस्थालाई पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय