काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक वर्षभन्दा कम अवधिका लागि सेयरमा लगानी गर्न रोक लगाएको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न नपाउने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने छ ।

विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा पनि लगानी गर्न नपाउने सोही परिपत्रमा उल्लेख छ । यसअघि (जेठ १० सम्म) त्यस्तो सेयर खरिद गरेको भए आउँदो पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय