काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

बुधबार नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भएको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले उक्त अनुदान घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूतले जनाएकी छिन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ट्विटरमा उक्त कुरा उल्लेख गरेकी छिन् ।
यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप नेपाललाई अनुदानमा दिएको थियो ।

सीसँगको ४० मिनेट लामो टेलिफोन संवादमा राष्ट्रपति भण्डारीले नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय