काठमाडौं– जेठ १४ देखि काठमाडौंमा लागू हुने निषेधाज्ञामा किराना पसल पनि बन्द गर्ने काठमाडौं प्रशासनको निर्णयप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै किराना पसल बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्तालाई मर्का पर्ने तथा किराना पसलमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गर्दा अति आवश्यक उपभोग्य वस्तुको आपूर्ति नहुने चेम्बरको भनाइ छ ।

त्यसकारण तोकिएको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थ मिलाउन चेम्बरले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय