काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा कसैलाई खाद्यान्न किन्नु परेको खण्डमा स्थानीयस्तरमै उपलब्ध गराउने जनाएको छ ।

आजदेखि एक साताका लागि थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र डिपार्टमेन्टल स्टोर्ससमेत बन्द गरिएकाले स्थानीय प्रशासनले उक्त व्यवस्था मिलाएको हो । निषेधाज्ञाको अवधिमा कसैलाई खाद्यवस्तु किन्नुपर्ने भएमा स्थानीयस्तरमै आवश्यक व्यवस्था मिलाइएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडले मोबाइल गाडीमार्फत स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै खाद्यान्न पुर्याउने छन् । प्रशासनले खरिद–बिक्रीका लागि दुवै संस्थाका सम्पर्क व्यक्तिको नाम र नम्बरसमेत सार्वजनिक गरेको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अवलम्बन गरिएका प्रावधानको पालना अत्यावश्यक देखिएकाले यसपालि आदेशमा कडाइ गरिएको छ ।

प्रशासनले दैनिक खाद्यान्न वस्तु खरीद गर्ने नाममा खाद्य, किराना र डिपार्टमेन्टल स्टोर्समा बढी भीडभाड हुने, सामाजिक दूरी कायम नगर्ने तथा संक्रमणको जोखिम बढ्न गएको भन्ने जनगुनासो आएकाले उल्लेख गर्दै यही जेठ २० गतेसम्म लागू भएको निषेधाज्ञाको अवधिमा उपत्यकाका पसलसमेत बन्द गरिएको छ ।

प्रशासनले खाद्य सामग्री आवश्यक परेको खण्डमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सिइओ मोहनप्रकाश चन्द –९८५१३२०३१३, विभागीय प्रमुख भिमबहादुर थापा –९८५११३६७८५ र थापाथलीका प्रादेशिक प्रमुख ज्ञानु थापालाई –९८५११२१७८८ मा सम्पर्क गर्न सुझाएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा सिइओ उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब सिइओ कुमार राजभण्डारी –९८५१०३३३०३, विभागीय प्रमुख सबल रिजाल –९८५१११३६६० र अधिकृत प्रज्वल प्रधानलाई –९८४१३३२९९० वा ९८१३२७२५६३ मा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय